१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–५ सुन्दर टोलका ६२ वर्षीय शिवराज सुवेदीलाई ०८२ कात्तिक १६ गते घटनास्थलबाटै गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई कात्तिक १६ गते यौन दुव्र्यवहार गरेको भनी पीडित पक्षले कात्तिक १७ गते वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाइएकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक १६ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।