INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका–८ वंगालीका ५९ वर्षीय केहरसिंह रजालीलाई असोज २८ गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई असोज २६ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले असोज २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो