नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका–१ नयाँ हाटबजारका ५५ वर्षीय जीतबहादुर कहारलाई ०८२ असोज १९ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असोज १६ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले असोज २१ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा लिखित उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज १९ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।
रीमा बि.सी.