INSEC Online

📅 २०८३ जेष्ठ २१

हराएका एक बालक र एक जना बालिका खोजीका लागि प्रहरीमा उजुरी

१७ वर्षीया र १४ वर्षीय बालक हराएपछि पीडित परिवारले खोजीका लागि प्रहरीमा उजुरी दिएको छ ।

बराहक्षेत्र नगरपालिका–३ इक्राई टोलकी १७ वर्षीया बालिका ०८२ कात्तिक १० गतेदेखि र बराहक्षेत्र नगरपालिका–४ का १४ वर्षीय बालक कात्तिक १ गतेदेखि हराएपछि पीडित परिवारले खोजीका लागि प्रहरीमा उजुरी दिएको हो ।

१७ वर्षीया बालिका कात्तिक १० गते बराहक्षेत्र नगरपालिका–१० बाहुनी टोल दिदीको जान्छु भनि हिँडेकोमा सम्पर्कविहीन भएपछि पीडित परिवारले कात्तिक ११ गते प्रहरी चौकी, बाङ्गेमा उजुरी दिएको छ ।

त्यसैगरी बराहक्षेत्र नगरपालिका–४ माथिल्लो जमटोकीका १४ वर्षीय बालक कोशी पुल घुम्न भनी कात्तिक १ गते घरबाट हिँडेदेखि सम्पर्कविहीन भएपछि पीडित परिवारले खोजीका लागि कात्तिक १० गते प्रहरी चौकी, भरौलमा उजुरी दिएको छ ।

पीडित पक्षले बालबालिका हराएको भनी प्रहरी चौकीमा दिएको उजुरी र हुलियाका आधारमा प्रहरीका सबै युनिटमा सर्कुलर गरेर बेपत्ता भएकाहरूको खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले बताउनु भएको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो