INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता बालिका खोजीका लागि प्रहरीमा उजुरी

इनरूवा नगरपालिका–५ की १५ वर्षीया बालिका देउसी खेल्न भनी ०८२ कात्तिक ३ गते हिँडेयता बेपत्ता भएपछि पीडित परिवारले खोजीका लागि प्रहरीमा उजुरी दिएको छ ।

इनरूवा नगरपालिका–८ स्थित सूर्यकिरण एकाडेमीमा कक्षा आठमा अध्ययनरत बालिका कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएपछि पीडित परिवारले अपहरणको आशङ्खा गरेको छ ।

पीडित परिवारले छोरीको अपहरण भएको हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयमा कात्तिक ५ गते उजुरी दिएको डिएसपी योगराज खतिवडाले बताउनु भयो ।

डिएसपी खतिवडाले देउसी खेल्न भनी हिँडेकी बालिका अपहरणमा परे नपरेको पुष्टि हुन बाँकी रहेको बताउनु भयो । उहाँले बालिकाको हुलियासहित सबै प्रहरीका युनिटमा खोजीका लागि सर्कुलर गरिएको जानकारी दिनु भएको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो