मानव बेचबिखन घटनाका आरोपितलाई प्रहरीले २८ वर्षपछि गिरफ्तार गरेको छ ।
मानव बेचबिखन घटनाका आरोपित विर्तामोड नगरपालिका–१० पत्थरभिट्टाका ५५ वर्षीय कमल खतिवडालाई ०८२ पुस १७ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
मानव बेचबिखन मुद्दामा ०५४ फागुन १४ गते जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा मुद्दा दर्ता भएर लुकिछिपि बस्दै आएका खतिवडालाई खोजतलास गर्ने क्रममा पुस १७ गते बिर्तामोड नगरपालिका–१० ठुटेवरबाट गिरफ्तार गरिएको डिएसपी खतिवडाले बताउनु भयो ।
आरोपितलाई इलाका प्रहरी कार्यालय बिर्तामोड, अनारमनीमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।