INSEC Online

📅 २०८३ जेष्ठ २१

आमाको गर्भमा भएका बच्चाको मगनी सम्झौता, हुम्लामा यो प्रथा कायमै

हुम्लाको सर्केगाड गाउँपालिका‐३ स्थित उनापानीकी १८ वर्षीया हस्तकला फडेरा आमाको गर्भमा रहेको अवस्थामा उनका अभिभावकले मगनी गरेका थिए ।

आमा बुवाको बचनले गाउँ भित्रैका छिमेकीसँग मगनी भए पनि यतिखेर उनी १८ वर्षकी भएकी छन र उनका आमा बुवाले विवाह गर्ने तयार गरिरहेको हस्तकलाले इन्सेक प्रतिनिधिसँग गुनासो गर्नु भएको छ ।

हस्तकला आमाको गर्भमा रहँदा उनकी आमा र सोही ठाउँका हिराजन कार्कीको आमाबीच मगनी सम्झौता भएको हस्तकलाले जानकारी दिनु भयो । गर्भमा हुँदा नै मगनी भएपछि फडेराको विवाह कार्कीसँग हुने पक्का भएको थियो ।

हामी २० वर्ष भएपछि विवाह गर्ने किशोरी फडेराले बताए पनि उनका घरपरिवारले तत्काल विवाह गर्न दवाव दिएको हस्तकलाको गुनासो छ । “मलाई केही थाहा छैन, आमाबुबाले म नजन्मदै गाउँकै हिराजनका अभिभावकलाई बचन दिनु भएछ ।” उहाँले भन्नु भयो । अब विवाह गर्न मात्रै बाँकी हो । यो उनीहरूको मात्रै समस्या होइन पुरै गाउँमा पहिलादेखि नै यस्तो चलन रही आएको छ ।

गाउँमा यी प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै गाउँका अधिकांश किशोरीहरू गर्भमा हुँदा अभिभावकले मगनी गरिसकेका हुन्छन । यस्ता घटनाहरू देखिएपछि जिल्लामा रहेका सामाजिक सङ्घसस्थाहरूले किशोरीहरूलाई विावाह रोक्ने अभियान संञ्चालन गर्न सुरू गरिएको कर्णाली एकीकृत ग्रामीण विकास केन्द्र (किर्डाक) नेपालका कार्यालय प्रमुख जनक बुढाले बताउनु भयो ।

यस्तै हस्तकलाको विवाह यतिखेर भई सक्थ्यो जिल्लामा रहेका सामाजिक सङ्घ संस्था र प्रहरी प्रशासनले रोकेपछि हसतकलाको विवाह रोकिएको अधिकारकर्मी गंगा बोहोराले बताउनु भयो । पछिल्लो समय सचेतना मूलक कार्यक्रमले केही सुधार भएको छ । त्यस्तै महिला कल्याण हुम्लाका फिल्ड संयोजक पदमराज हमालका अनुसार बालविवाह, बहुविवाह र छाउपडी सम्बन्धि सचेत गराउन आफू लागि परेको बताउनु हुन्छ ।

गाउँमा पहिलेदेखि नै चल्दै आएको यस्ता परम्परा परिवर्तन हुनुपर्छ यस सम्बन्धमा स्थानीय तहले पहल गरिरहेको सर्केगार्ड गाउँपालिका अध्यक्ष कृष्णा रोकायले बताउनु भयो । उहाँले भन्नु भयो गाउँहरूमा पहिलेदेखि चल्दै आएको संस्कृति भनेर कुरीति काम हुँदै आएको छ । अध्यक्ष रोकायले भन्नु भयो “ यस समस्यालाई परिवर्तन गर्न नीति बनाउने छौँ र परिवर्तन ल्याउने छौँ ।”

 

अन्य

भिडियो