देउसी खेल्न भनी हिँडेका दुई जना बालिका तिहार सकिँदासम्म घर नफर्किएपछि पीडित परिवारले खोजीका लागि प्रहरीमा उजुरी दिएको छ ।
देउसी खेल्न भनी ०८२ कात्तिक ६ गते घरबाट हिँडेकी दमक नगरपालिका-४ तारावारीकी १३ वर्षीया बालिका घर नफर्किएपछि पीडित परिवारले कात्तिक ८ गते इलाका प्रहरी कार्यालय,दमकमा उजुरी दिएको छ।
त्यसैगरी झापा गाउँपालिका-७ मदरगाछकी १७ वर्षीया बालिका ०८२ कात्तिक ५ गतेदेखि हराएपछि पीडित परिवारले खोजीका लागि कात्तिक ८ गते इलाका प्रहरी कार्यालय,शरणामतिमा उजुरी दिएको छ।
देउसी खेल्न भनी घरबाट हिँडेकी छोरी हराएपछि छरछिमेकी,आफन्त र साथीहरू बुझ्दा केही पत्ता नलागेपछि खोजीका लागि प्रहरीमा उजुरी दिएको बालिकाका बुवा श्याम चक्रवर्तीले बताउनु भयो।
पीडितको पक्षको उजुरीपछि प्रहरीले हुलियाका आधारमा हराएका बालिकाहरूको खोजी थालेको छ।
कोशी प्रदेश कार्यालय