INSEC Online

📅 २०८३ जेष्ठ २१

४८ जना बालकैदी बन्दी अझै फरार

वीरगन्जस्थित बाल सुधार गृहबाट भागेका ४८ जना  बालकैदी अझै फरार रहेका छन् । ०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा बाल सुधार गृहबाट भागेका ६७ जना मध्ये अझै ४८ जना बालकैदी बन्दीहरु फरार रहेको कार्यालय प्रमुख टिकाकृष्ण काफ्लेले बताउनु भयो ।

फरार मध्ये दुई जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको छ भने १७ जना आफैँ पुनः आएको भन्दै १९ जना फर्किएको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनुभयो । फरार रहेकाहरुको खोजी कार्य भइरहेको पनि प्रमुखले बताउनु भयो ।

 तुलसी भण्डारी

अन्य

भिडियो