नौबस्ता बालसुधार गृहबाट फरार भएका एक बालबिज्याँईकर्तालाई बर्दिया जिल्ला बढैयाताल गाउँपालिका–६ उच्च गाउँ स्थित रितु होटलबाट प्रहरीले ०८२ पुस १६ गते गिरफ्तार गरेको छ ।
चोरी मुद्दाका आरोपित बालसुधार गृह नौबस्ताबाट ०८२ पुस १५ गते फरार भएकाकोमा प्रहरीले गिरफ्तार गरी आवश्यक प्रकृया अगाडी बढाइएको बाँके जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी दिपक पातलीले जानकारी दिनुभयो ।