भक्तपुर नगरपालिका-१ सानोथिमिस्थित बाल सुधारगृहबाट ०८२ कात्तिक १६ गते भागेका २० जना बन्दी मध्ये १७ जनालाई प्रहरीले कात्तिक १९ गतेसम्म विभिन्न ठाउँबाट पुनः गिरफ्तार गरेको छ ।
बाल सुधारगृहका वार्डेन सन्देश बिष्टका अनुसार तीन जना बन्दी हालसम्म पनि सम्पर्कमा आएका छैनन् । बाल सुधारगृहको मुख्य ढोका फोडी फरार तीन बालबन्दीहरुको तीव्र रुपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सुधारगृहमा क्षमताभन्दा दोब्बर बन्दी रहेको र बाल सुधारगृह भने पनि युवाहरूलाई समेत बन्दीका रुपमा त्यही राख्न थालेपछि सुधारगृहमा झडप र तोडफोड हुँदै आएको छ ।