कपुरकोट गाउँपालिकामा बाल विवाह घटनाका चार जना आरोपितलाई प्रहरीले साउन १२ गते गिरफ्तार गरेको छ ।
कपुरकोट गाउँपालिकाका १७ वर्षीय बालक र वनगाड कुपिण्डे नगरपालिकाकी १९ वर्षीया युवतीले उमेर नपुगी विवाह गरेको आरोपमा उनीहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
गत माघ १ गते विवाह गरेका उनीहरू माइती मान्न जाने क्रममा अस्थायी प्रहरी पोष्ट रिम सल्यानबाट खटिएको टोलीले बेहुला (बालक), बेहुली (युवती), बेहुलाका ५० वर्षीय बाबु र ४५ वर्षीया आमालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेकलाई बताउनुभयो ।
हाल चारैजना आरोपितलाई इलाका प्रहरी कार्यालय लुहामको हिरासतमा राखेर अनुसन्धान गरिरहेको डिएसपी खतिवडाको भनाइ छ ।