INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१८ वर्षीया युवतीलाई बलात्कार गरेको घटनाका आरोपित २० वर्षीय युवकविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय, लहानले चैत ८ गते दर्ता गरेको छ ।

आरोपितले युवतीलाई ०८१ फागुन २० गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय, लहानमा ०८१ चैत ८ गते पीडितकी आमाले उजुरी दिनु भयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा चैत ८ गते भयो ।

इलाका प्रहरी कार्यालय, लहानका डिएसपी विष्णु प्रसाद सोतीले उजुरी पश्चात आरोपित फरार रहेको र खोज तलास गरिरहेको नगरेको बताउनु भयो ।

अन्य

भिडियो