१५ वर्षीया बालिकालाई वलात्कार गरेको आरोपमा बारा जिल्ला सीमरा उपमहानगरपालिका– ४ का २२ वर्षीय सुरेन्द्रकुमार साहलाई प्रहरीले ०८० वैशाख १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई वैशाख १० गते बलात्कार गरेको आरोपमा बालिकाको अभिभावकले प्रहरीमा सोही दिन उजुरी दिएको डिएसपी श्रीराम भण्डारीले बताउनुभयो
बालिकाको स्वास्थ्य परीक्षण भरतपुर अस्पतालमा वैशाख १५ गते गरिएको छ ।