५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ बडसारेका ५८ वर्षीय मुबारक खाँलाई माघ २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई अरोपितले ०७६ माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।