१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बैजनाथ गाउँपालिका–१ का २८ वर्षीय नविन रोकाय विरूद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा माघ १० गते उजुरी दर्ता गराएका छन् ।
आरोपितले विवाहको प्रलोभन देखाएर ०७६ मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको सई रणविर जैसीले बताउनु भयो । सई जैसीले आरोपित फरार रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १० गते भेरी अस्पताल, नेपालगन्जमा गरिएको प्रहरीले जनायो ।