INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–९ का ४९ वर्षीय सरोज कुमार बोहारालाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई  आरोपितले ०८२ कात्तिक १२ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि खाँदबारी नगरपालिका–९ तुम्लिङटारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १५ गते गरिएको छ ।

 

भविन कार्की

अन्य

भिडियो