१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाउँपालिका–३ का ३१ वर्षीय प्रविन तामाङलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ ।
युवतीलाई आरोपितले ०८२ कात्तिक १४ गते गते बलात्कार गरेकोे आरोपमा पीडित पक्षले आरोपितविरुद्व कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १४ गते गरिएको छ ।
सुरेश खत्री