२५ वर्षीया महिलालाई ०८२ असोज ९ गते बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका–१ कटारियाका ५० वर्षीय अब्दुल्लाह धुनियाँविरुद्ध पीडित पक्षले ०८२ कात्तिक ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित पक्षले दिएको उजुरीका आधारमा कारवाही अगाडी बढाएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण कात्तिक ५ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।
रीमा बि.सी.