INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–१ राखा बाङ्देलस्थित धार्मिक विद्यालयका प्रधानाध्यापक कुसाङ शेर्पालाई गिरफ्तार गरेको छ ।

बौद्ध गोन्पा आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकालाई आरोपितले ०८२ असोज २२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश बुढाथोकीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असोज २२ गते गरिएको छ ।

राजकुमार भट्टराई

अन्य

भिडियो