INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका–३ का ३२ वर्षीय जीवन अछामीलाई ०८२ असोज २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई असोज २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् असोज २६ गते जिल्ला अदालतमा बलात्कार सम्बन्धी मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अभिषेक सुवेदीले बताउनु भयाे ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २४ गते प्रदेश अस्पताल लमजुङमा गरिएको छ ।

गण्डकी प्रदेश कार्यालय

अन्य

भिडियो