६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मस्र्याङ्दी गाउँपालिका–३ का ३२ वर्षीय जीवन अछामी सार्कीलाई २०८२ असोज २४ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई असोज २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २४ गते प्रदेश अस्पताल लमजुङमा गरिएको छ ।
अमृतप्रसाद पौडेल