१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा –१८ का १९ वर्षीय बिकास बिकलाई जेठ ९ गते गते गिरफ्तार गरेको छ ।
पीडितलाई जेठ ६ गते आरोपितहरूले काम छ भनेर बोलाएर तुलसीपुर उपमनपा –१८ का १८ वर्षीय पारस खड्का, ठाउँका २१ वर्षीय आशिष परियार, २७ वर्षीय विनोद घर्ती , २० वर्षीय सन्तोष बिक र बिकास बिकले बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यलयमा जेठ ८ गते उजुरी दिएका थिए ।
उजुरी पश्चात जेठ ८ गते प्रहरीले पारसलाई गिरफ्तार गरेको थियो । इलाका प्रहरी कार्यालय, तुलसीपुरका इन्स्पेक्टर चक्रडम्बर पालले अन्य आरोपित फरार रहेकोले खोजी भइरहेको बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।