INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज खरिया बजार सिरसिया ग्राम स्थायी घरभई धामी झाँक्रीको काम गर्ने ७३ वर्षीय गोवद्र्धन त्रिपाठीलाई ०८२ फागुन २७ गते भैरहवाबाटै गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई फागुन १५ गते बलात्कार प्रयास गरेको भनी पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २६ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो