INSEC Online

📅 २०८३ जेष्ठ २५

इलाका प्रहरी कार्यालय लहानको हिरासतमा यातना दिएको भन्दै उजुरी

लहान नगरपालिका–२४ का १९ वर्षीय अभिषेक पासवानलाई इलाका प्रहरी कार्यालय लहानको हिरासतमा प्रहरीले यातना दिएको भन्दै पीडितले ०८३ जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन् ।

पासवानले आफूलाई ‘सोधपुछ गर्नु पर्नेछ’ भन्दै प्रहरीले जेठ २१ गते इलाका प्रहरी कार्यालय लहानमा ल्याई कुटपिट तथा मानसिक यातना दिएको आरोप लगाएका छन् । गाउँकै युवकसँग बालिका भगाएको विषयमा पासवानको  संलग्नता रहेको आरोप लगाइ “बालिकालाई तेरो साथीले कहाँ लुकाएर राखेको छ ?’ भन्दै रातभर प्लाष्टिकको पाइपले कुटपिट गरेको पीडितले बताए ।

कुटपिटबाट उनको दुवै खुट्टा, हातमा चोट लागेको छ । युवकसँग सामान्य सोधपुछ मात्र गरेको प्रहरीको दाबी गरेको छ  ।

पासवानसँग सोधपुछ गरेर भोलिपल्ट परिवारको जिम्मामा छोडिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रमेशबहादुर पालल बताउनुभयो ।

दुर्गा परियार

अन्य

भिडियो