नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता त्रिवेणी गाउँपालिका – जुगारका ४० वर्षीय पूर्णबहादुर बिक र सोही गापा–६ का ३८ वर्षीय खेमराज पुन मगरलाई प्रहरीले कात्तिक २१ गते पुनः गिरफ्तार गरेको छ ।
आरोपितद्वयलाई प्रहरीले कात्तिक १९ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतले कात्तिक २७ गते धरौटीमा रिहा गर्न आदेश दिएपनि धरौटी रकम बुझाउन नसक्दा कारागार चलान गरिएको थियो । फागुन २१ गते धरौटी रकम बुझाएर रिहा भएका उनीहरूलाई गिरफ्तार गरी प्यूठान पठाइएको जिल्ला प्रहरी कार्यालयले जनायो ।