१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २८ गते लुग्री गाउँपालिका –६ का १६ वर्षीय बालकलाई १० वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतले १० वर्ष कैदसँगै ५० हजार रूपिँया क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
बालिकालाई ०७६ वैशाख २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख २ गते जिल्ला अस्पताल, रेउघामा गरिएको थियो ।