नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति दैलेख दुल्लुका ५६ वर्षीय प्रा डा. धनेश्वर नेपाललाई पुस ६ गते पहिचान नखुलेको समूहले कुटपिट तथा मोसो छर्केर दुर्व्यवहार गरेको छ ।
५-६ जनाको समूहमा आएको समूहले आवासमै पुगेर दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले बताउनु भयो । कुटपिट र मोसो हालेर दुर्व्यवहार गर्नेहरुको खोजी भइरहेको शाहले जानकारी दिनुभयो ।
विश्वविद्यालयमा अनियमितता र भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै कारबाही गरेको नेकपा बहुमत निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका लुम्बिनी प्रदेश इन्चार्ज प्रेम प्रशान्त बोहराले पुस ६ गते विज्ञप्ती निकालेर घटनाको जिम्मेवारी लिनुभयो ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको डिएसपी शाहले जानकारी दिनुभयो ।