ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनलाई काठमाडौँ महानगरपालिका-१० बुद्धनगरबाट गिरफ्तार गरिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।
रासस