कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया मिना कुमारी साहलाई ०८२ मंसिर २७ गते पति २५ वर्षीय विनोद साहले थप दाइजो माग गर्दै कुटपिट गरेको भन्दै पीडितले पुस ६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकी छन् ।
कुटपिटका कारण घाइते भएकी महिलाको उपचार मंसिर २९ गतेदेखि पुस २ गतेसम्म सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।
विवाहमा १ लाख रुपियाँ नगद दिएको भएपनि पटक पटक थप दाइजोको लागि शारीरिक तथा मानसिक यातना दिने गरेको बाबु ५१ वर्षीय राम विनय साहले बताउनु भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवा महिला सेलका प्रहरी सागर चौधरीले जानकारी दिनु भयो ।