दमक नगरपालिका–३ को वडा कार्यालयमा ०८३ वैशाख ९ गते पहिचान नखुलेको पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
दमक नगरपालिका–३ बेलडाँगीमा रहेको वडा कार्यालयको चेनटेगको ताला काटेर एक थान कम्प्युटर, एक थान दराजमा तोडफोड गर्नुका साथै सरकारी कागजपत्र छरपष्ट पारेको इलाका प्रहरी कार्यालय, दमकका डिएसपी किशोर लम्सालले बताउनु भयो ।
घटनामा संलग्नहरूको खोजी थालिएको प्रहरीले जनाएको छ ।