कैलाली स्थित धनगढीमा जेनजी र नेकपा (एमाले) निकट युवा संघका कार्यकर्ता बिच ०८२ मङ्सिर १० गते झडप हुँदा धनगढी उपमहानगरपालिका–४ की सरीता जोशी, गोपाल बोहरा र बबिता जोशी घाइते भएका छन् ।
युवा संघको राष्ट्रिय जागरण अभियान भेलालाई सम्बोधन गर्न मङ्सिर १० गते धनगढी आएका एमाले नेता महेश बस्नेतको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी र युवा सघंका कार्याकर्ता बिच झडप हुँदा उनीहरु घाइते भएका हुन ।
घाइतेहरु मध्ये सरीता जोशीको हातमा चोट लागेको थियो भने अन्य दुई जना सामान्य घाइते भएकाले निसर्ग अस्पतालमा उपचार गरिएको छ ।
घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै जेनजीहरुले जिल्ला प्रशासन जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।