INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद तथा छुवाछुत घटनाका आरोपित गिरफ्तार

ओमसतिया गाउँपालिका–५ का ६५ वर्षीय उदयराज चमारलाई जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका–५ का ४२ वर्षीया अख्लेश सहानीलाई ०८२ मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले उदयराजलाई कात्तिक १ गते जातीय विभेद तथा छुवाछुत गरेको भन्दै पीडित पक्षले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले गिरफ्तार गरी कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताउनु भयो ।

रीमा बि.सी.

अन्य

भिडियो