कविलासी नगरपालिका–८ का २३ वर्षीय सरोज पासवानमाथि जातीय विभेद गरेको आरोपमा सोही वडाका वडाध्यक्ष ४५ वर्षीय विरेन्द्र प्रसाद साहविरुद्ध पीडित पक्षले ०८२ असोज २४ गते जिल्ला प्रहरी कार्यालय, मलंगवामा उजुरी दिएको छ ।
पीडित पक्षका अनुसार आरोपित वडाध्यक्षले सहलेस मन्दिरमा सबैसँग चन्दा उठाएर असोज १२ गते पुजा कार्यक्रममा गाउँ भरिनै आमन्त्रण गरेका थिए । सोही क्रममा उनले तल्लो जातको भएर यहाँ किन आएको भन्दै मन्दिर भित्रमा प्रवेश नगर्न धम्की दिएको पीडितले आरोप लगाएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल, मलंगवामा असोज २३ गते गरिएको डा. संजिव कुमार सिंहले बताउनु भयो ।
उजुरी पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय, मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
बुधन साह