INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी

सहिद नगरपालिका – १ का ३६ वर्षीय राजेश महराले जातीय विभेद गरेकाे भन्दै सोही ठाउँ बस्ने २८ वर्षीय दिनेश शाहविरुद्ध ०८२ असोज २० गते इलाका प्रहरी कार्यालय यदुकाहामा उजुरी दिएका छन्। पीडितका अनुसार  असोज १८ गते अविरल वर्षाका कारण घरमा पानी पसेपछि टोलमै रहेका  सामुदायिक भवनमा बस्न जाँदा “तँ तल्लो जातको किन आको हामीसँग बस्न मिल्दैन ”भनी सार्वजनिक स्थलमै अपमानजनक व्यवहार गरेको र चापाकल छोइन्छ भन्दै पिउनका लागी खानेपानी प्रयोग गर्न समेत नदिइएको बताउनु भयो । पीडितको उजुरीका आधारमा घटनाबारे अनुसन्धान गरिने  इन्सपेक्टर ओम प्रकाश यादवले बताउनुभयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो