जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका श्याम बहादुर परिवारलाई गैर दलितकोमा पसेको आरोपमा स्थानीयले १५ सय जरिवाना गराएका छन् । उनी फोक्सिङ रिमका नेत्र काउचाको घरमा पसेपछि जरिवाना गरिएको हो । मगरको घरमा दलित पसेपछि पवित्र बनाउन पुजापाठ गराउने भन्दै जरिवाना गरिएको पीडित परियारले बताउनुभयो । यो घटना बैशाख २२ गतेको हो । सोहि दिन स्थानीय माया परियारको मृत्यु भएको थियो । पीडित श्याम मलाम गएर फर्कदै हुनुहुन्थ्यो । सोहि क्रममा ठुलो पानी पर्यो । उहाँ ओत खोज्दै नेत्र काउचाको घर पुग्नुभयो । ठुलो पानीले काउचाको घरको बलेनीमा बस्ने अवस्था भएन् । त्यपछि बाध्य भएर सोधेरै भित्र पसेको परियारले बताउनुभयो । घरमा पसेपछि केहिबेरमै गाउँमा हल्ला भएपछि घरधनी नेत्र काउचाकै आग्रहमा गाउँ समाज भेला भएर जरिवाना गरिएका छिमेकी सन्त बहादुर काउचाले जानकारी दिनुभयो । काउचाले कानुनमा जे भने पनि गाउँमा व्यक्तिको घरमा पस्न नपाइने भएकाले गाउँ मिलाउन आफुहरुले दलित परिवारकै सहमतिमा जरिवाना गरिएको बताउनुभयो । ‘त्यतिवेला मिलेर काजग गरे अब निहुँ खोजेर हुँदैन, पीडित परिवारले आक्रोसमा सात हजार भनेका थिए, बिपन्न भएकाले १५ सयको कागज गर्यौ,’उहाँले भन्नुभयो,‘वडा कार्यालयमा निवेदन दिए छलफल गर्छौ ।’ उहाँकै अनुसार त्यो दिन राति १ बजेसम्म बसेर कागज गरिएको छ । पीडित श्याम र उहाँका बुबा धन बहादु मदिरा सेवन गरेर आएकाले आफुहरुलाईनै गाली बेइज्यती गरेपनि आफुहरुले कुटपीट नगरेको काउचाले जानकारी दिनुभयो । पीडित श्याम बहादुर परिवारकी आमा कौशिला परियार कालिगण्डकी गाउँपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ । यो बिषयका बारेमा अहिलेसम्म किन कानुनी उपचार खोज्नु भएन भन्ने प्रश्नमा आफु माइली आमा वितेको शोक र त्यो बेला बाहिर जान नमिल्ने भएकाले केहि नगरेर बसेको कौशिलाले बताउनुभयो । ‘गाउँले सवै एक जुट भएर दबाबमा जरिवाना गरे, सोहि दिन आमा बितेकाले कानुनी उपचार भएन,’कौशिलाले भन्नुभयो,‘अव न्याय चाहिन्छ ।’ कालिगण्डकी गाउँपालिका वडा नं ५ फोक्सिङका वडाध्यक्ष थम्मनसिंह आलेले अहिलेसम्म आफुलाई घटनाको बिषयमा कसैले जानकारी नदिएको बताउनुभयो । उहाँले जेठ १ गते दुवै परिवारलाई भेटेर पीडित पक्षलाई जेठ २ गते वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको जानकारी दिनुभयो । दलित साझा मञ्चका अध्यक्ष गणेश विश्वकर्माले अहिलेको अवस्थामा गाउँले मिलेर घर पसेकै आरोपमा जरिवाना गर्नु निन्दनीय भएको बताउनुभयो । उहाँले दुवै परिवारको सत्य तथ्य बुझेर कारबाहीको प्रक्रिया अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।
विद्यार्थीमा अनौठो समस्या देखिएपछि तीन दिन विद्यालय बन्द
विद्यार्थीहरू अचानक बरबराउने, काम्ने र बेहोस भएर लड्ने गर्न थालेपछि