बर्दघाट नपा–५ जितपुरकी २७ वर्षीया स्तुती पौडेल गौतम र छोरा ६ वर्षीय सौगात गौतमको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पति २८ वर्षीय तेजप्रसाद गौतमलाई माघ २८ गते गिरफ्तार गरेको छ ।
आरोपित गौतमले सम्बन्ध विच्छेद गर्न दवाव दिदैं आएका थिए । माघ २८ गते सम्बन्ध विच्छेदको कुरामा विवाद भएपछि घाँटी थिचेर हत्या प्रयास गरेको प्रहरीले जनायो ।
पीडित महिलाले पतिले हत्या प्रयास गरेको भन्दै माघ २८ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिए पश्चात आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर हेमबहादुर केसी बताउनु भयो ।