निर्वाचन विरोधि गतिविधि गरेको भन्दै हेटौँडाबाट नेकपा बहुमत पार्टीका सात जनालाई प्रहरीले मङ्सिर ४ गते हेटौँडाको बसपार्कबाट गिरफ्तार गरेको छ ।
गिरफ्तार पर्नेहरूमा बहुमत पार्टीका जिल्ला ईन्चार्ज रवी खड्का सहित जिल्ला संयोजक शक्ति मगर, जिल्ला सचिवालय सदस्य लिला माझी, जिल्ला सदस्यहरू अजय गहतराज, विकास लामा, अनिल सिङ्तान र जिल्ला युवा अध्यक्ष बसन्त लामा रहेका छन् ।

प्रहरीले बिहान १० बजेको समयमा हेटौँडा उपमहानगरापालिका-१० बसपार्क क्षेत्रबाट उनिहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताउनु भयो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता एवं डिएसपी निर्वाचन विरोधी नारा लगाउँदै हिँडेको अवस्थामा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको थियो ।
यस्तै डिएसपी कार्कीले जिल्लाका सबै मतदान केन्द्रमा निर्वाध मतदान भइरहेको जानकारी दिनुभयो । उहाले कहिँ कतै पनि अप्रिय खटनाको खबर नआएको बताउनुभयो ।