प्रतिवन्धित नेकपाका दैलेख जिल्ला कमिटी सदस्य आठबीस नगरपालिका–६ सिंगासैनका उदयराम विश्वकर्मा ‘सुदर्शन’लाई प्रहरीले गिरफ्तार गरेको छ ।
आफ्नै घरमा सुतिरहेको बेला साउन २५ गते विहान ‘सुदर्शन’लाई गिरफ्तार गरेर आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको डिएसपी हरिबहादुर ओलीले बताउनुभयो ।
नेकपाका जिल्ला इञ्चार्ज ‘दिपेन्द्र’ले घटनाको विषयमा प्रेस विज्ञप्ती जारी गरी कोरोनाको महामारी र बाढी पहिरो जस्तो विपदमा पीडित नागरिकको सहयोगमा जुटेको बेला गरिएको ‘सुदर्शन’को गिरफ्तारीको निन्दा गर्दै बिनासर्त रिहाइका लागि आग्रह समेत गर्नुभएको छ ।