विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले कपिलवस्तु बढी प्रभावित देखिएकोले कपिलवस्तुमै पिसिआर मेसिन खरिद गरि क्वारेनटाइनमा रहेका नागरिकको सिघ्र स्वाव परिक्षण गर्न माग गर्दै कपिलवस्तुमा कृयासिल मानवअधिकार कर्मीहरुले प्रमुख जिल्ला अधिकारीलाई जेठ ७ गते ज्ञापन पत्र बुझाएका छन ।
जिल्लामा कृयासिल मानवअधिकारको क्षेत्रमा कृयासिल संस्था इन्सेक, माहुरीहोम मानवअधिकार, एलाइन्स, मानवअधिकार निगरानी समूह, महिला मानवअधिकार रक्षक संजाल, मानवअधिकार संगठन, गैरसरकारी संस्था महांसघ, नेपालपत्रकार महांसघ,बार एसोसियसन ,एम्नेष्टी इन्टरनेशल कपिलवस्तु लगाएतका संस्थाहरुले आवद्ध शान्तिका लागी नागरिक संजालका प्रतिनिधि विच जेठ ६ गते भएको जुम मिटिङको निर्णय तथा अन्य दुई दर्जन संघ संस्थाहरु सगंको समन्वय अनुसार जेठ ७ गते अधिकारकर्मीहरुको टोलिले प्रमुख जिल्ला अधिकारी दिर्गनारायण पौडेललाई ज्ञापनपत्र बुझाएका छन ।
प्रजिअलाई बुझाएको ज्ञापनपत्रमा
१ कपिलवस्तु जिल्ला कोरोना भाइरसको संक्रमणको उच्चजोखिममा रहेको र क्वारेनटाइनमा ७ हजार भन्दा बढी नागरिक रहेको हुदा नेपाल सरकारले गर्ने नियमित पिसिआर परिक्षणले मात्र सबैको कोरोना परिक्षण सम्भव नभएकोले कपिलवस्तुमा छुट्टै पीसिआर मेसिन गरिद गरि जेकजाचँको दायरा बढाउन माग गरेका छन ।
२ भारतका विभिन्न स्थानवाट आई कपिलवस्तु जिल्लाका दक्षिण क्षेत्रमा रहेका पालिकाहरुका क्वारेनटाइनमा रहेका नेपाली दाजुभाईहरुलाई क्वारेनटाइनमा नेपाल सरकारको मापदण्ड अनुरुप ब्यवस्थापन नभएको गुनासो आएकोले क्वारेनटाइनलाई ब्यबस्थीत बनाउन र मापदण्ड अनुसार खाना र बस्न लगाएको ब्यवस्था मिलाउन आग्रह गरिएको छ ।
३ कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढी रहेको र जिल्लामा आइसोलेसन बेड अभाव भएकोले तत्काल २ सय देखि ५० बेडको कोरोना अस्पताल र ८ हजार बेडको क्वारेनटाइन बेड निमार्ण गर्न माग गरिएको छ ।
४ अत्याआवस्यक सामाग्री खाद्यन्न तथा मल विउ खरिदका लागी हप्तामा ३ दिन विहान २ घण्टा तोकि जिल्ला लक गरिएकोमा उक्त समयमा उपभोक्ताहरु पसलमा समान खरिदका लागी जादा बढी भिडभाड हुने गरेको र कोरोना संक्रमणको झन जोखिम बढेकोले समयको दायरा बढाउन तथा पसलहरुमा सामाजिक दुरि कायम गराउन माग गरिएको छ ।
५ लकडाउनको समय बढी रहदा कृषकहरुको खेतिपातिको समय शुरु हुन लागेको अवस्थामा कृषहरुलाई चाहिने विउ, मल सहज तरिकाले गाउँगाउँमै ब्यवस्था मिलाउन आग्रह गरिएको छ ।
६ लक डाउनको समयमा महिला तथा बालबालिका माथी यौन हिंसा तथा अन्य हिंसा हुने गरेकोले त्यस तर्फ पनि गंभिर भई काम गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ ।
७ कोरोनाको महामारीका विरुद्ध दिनराती खटीरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वमंसेवक, पत्रकार तथा अधिकारकर्मीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामाग्रीको प्रयोगका लागि आवश्यक ब्यवस्थापन गर्न ।
८ गरिव तथा विपन्न परिवारहरुलाई खाद्यानको आभावमा दैनिक जीवन कष्टकर भैरहेको छ । उनिहरुको पहिचान गरि आवश्यक खाद्यान्नको नियमित आपुर्ति मिलाउन हुन ।
९ बालवालिकाका तथा गर्मवतीका लागि नियमित खोप र ज्येष्ठ नागरिकहरुका लागि आवश्यक घरमै स्वास्थ्य सेवा प्रदान गर्ने ब्यवस्था मिलाउन पर्ने लगाएतका २० वुँदे माग सहित ज्ञापनपत्र वुझाईएको छ । ज्ञापनपत्र वुझ्दै यस प्रक्रियालाई अगाडि वढाउनका लागि संम्वन्धित निकायहरु संग छलफल गर्ने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भयो ।