INSEC Online

📅 २०८३ जेष्ठ २१

कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

कपिलवस्तु जिल्ला तौलिहवा नपा–२ का ४२ वर्षीय र कृष्णनगर नपा–१३ का २५ वर्षीय पुरुषको  बुटवल, धागो कारखानास्थित  कोरोना विशेष अस्पतालमा साउन २८ गते बिहान मृत्यु भएको छ ।

उनीहरूमा ज्वरो, रुघाखोकी र स्वास प्रस्वाशमा समस्या देखिएपछि ४२ वर्षीय पुरुषलाई साउन २५ गते र २५ वर्षीय पुरुषलाई साउन २७ गते कोराना विशेष अस्पतालमा भर्ना गरिएको  थियो । उनीहरूलाई भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मृतकमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको  थ्रुटस्वाव परीक्षणका लागि पठाइएको  कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले इन्सेकर्मीलाई फोन मार्फत बताउनु भयो ।

मृतकको शवलाई कोरोना विशेष अस्पतालमै राखिएको र अन्तिम संस्कारका लागि परिवार र सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।

अन्य

भिडियो