INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गर्ने प्रहरी विरूद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी

सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट सुनपथरीमा कार्यरत इन्स्पेक्टर ३९ वर्षीय प्रकाश आचार्यले कुटपिट गरेको भन्दै  युगबोध आधारभुत विद्यालय सुनपथरी नाकाका सहायक प्रधानाध्यापक राजपुर गाउँपालिका–७ का ३७ वर्षीय खिमबहादुर खत्रीले फागुन २ गते जिल्ला प्रशासन कार्यालयमा  उजुरी दिएका छन ।

विवाहको भोज खाएर  डेरामा फर्कदै गर्दा  माघ २८ गते इन्स्पेक्टर आचार्यले लाठीले कुटपिट गर्दै  आधा घण्टा प्रहरी पोष्टमा थुनेको पीडितले बताउनु भयो । स्थानीयको आग्रहमा आधा घण्टापछि रिहा गरेपनि  विद्यालयमै गएर अध्यापन गराउन असुरक्षित भएको भन्दै खत्रीले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको हो ।

कुटपिटबाट गोडामा  चोट लागेका खत्रीको माघ २९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भयो । घटना पछि असुरक्षाको कारण दखाएर खत्री विद्यालय जानु भएको छैन ।
प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दुवैपक्षबीच छलफल गराउने तयारी भएको बताउनु  भयो ।

अन्य

भिडियो