मादी नगरपालिका– ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, च्याङरिङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहाललाई कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई ०८३ वैशाख ११ गते गिरफ्तार गरेको छ ।
विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन शिक्षक प्रतिनिधि छनोट गर्ने क्रममा वैशाख ९ गते प्रधानाध्यापक दाहाललाई कार्यकक्षमै कुटपिट भएको प्रहरीले जनाएको छ ।
प्रधानध्यापकमाथि कुटपिट गरेको आरोपमा सोही विद्यालयका ५५ वर्षीय शिक्षक सोमनाथ दाहाल र ५४ वर्षीया लेखकुमारी भट्टराईलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडित शिक्षकले आरोपितविरुद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपित दुवै जनालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
घटनाको नेपाल राष्टिय शिक्षक संगठन मादी नगर समितिले वैशाख ११ गते र जिल्ला समितिले वैशाख १२ गते विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
मानव अधिकार रक्षकसम्बन्धी घोषणापत्र सन् १९९८ ले शिक्षकलाई मानव अधिकार रक्षक भनि परिभाषित गरेको छ ।