INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक कुटपिट घटनाका आरोपित गिरफ्तार 

भद्रपुर नगरपालिका-८ क्याम्पस मोडकी ७९ वर्षीया ज्येष्ठ नागरिक  ‌चन्द्रमाया घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले ०८२ चैत १० गते ३७ वर्षीय छोरा यशिस घिमिरेलाई गिरफ्तार गरेको छ।

अपाङ्गता भएकी आमालाई चैत ७ गते निर्घात कुटपिट गरेको आरोपमा  आरोपितविरूद्ध आफन्तले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

अपाङ्गता भएकी आमालाई पटक-पटक कुटपिट गर्ने छोरालाई गिरफ्तार गर्ने वित्तिकै छुटाउनका लागि प्रहरी समक्ष पीडित आफै आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र बहादुर खड्काले बताउनु भयो।

आमा छोरा मात्र भएकाले आरोपितलाई छुटाउन पीडितले अनुरोध गरेको डिएसपी खड्काले बताउनु भयो।

पीडितलाई आफन्तको संरक्षण राखेर आरोपित विरूद्ध अनुसन्धान थालिने प्रहरीले जनाएको छ।

नरेश खाती 

अन्य

भिडियो