विर्तामोड नगरपालिका ५ का ६ वर्षीय बालकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीया आमा सुमित्रा लामलादेलाई चैत ७ गते गिरफ्तार गरेको छ ।
छुट्टीका दिन भनेको नमानेको आरोपमा नातिलाई बुहारीले निर्घात कुटपिट गरेको पीडित बालकका हजुरबुबाले बताउनु भयो ।
बालकको शरीरका विभिन्न भागका निलडामसहितका चोट देखिएपछि बालक पढ्ने सुनगाभा बोर्डिङ स्कूलले इलाका प्रहरी कार्यालय, बिर्तामोडलाई चैत ८ गते जानकारी गराएको थियो ।
सूचनाका आधारमा आरोपितलाई गिरफ्तार गरी क्षितिज सुधारकेन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।
बालकको स्थानीय आशा क्लिनिकमा उपचार गरिएको छ ।