INSEC Online

📅 २०८३ जेष्ठ २१

युवकलाई नाङ्गै  बनाएर कुटपिट गरेको आरोपमा एक जना गिरफ्तार

चक्रघटा गाउँपालिका–९ बस्ने १९ वर्षीय प्रमित कुमार यादवलाई नाङ्गै बनाएर अमानवीय तरिकाले सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले रोहित कुमार यादवलाई ०८२ चैत २ गते प्रहरीले गिरफ्तार गरेको छ । सोही ठाँउ बस्ने रोहितसहित युवाहरुको समूहले फागुन २३ गते समाजिक सञ्जाल टिकटकमा भएको गालीगलौजको विषयलाई लिएर कुटपिट गरेको पीडितले बताएका छन् ।

डिएसपी सरोज राईका अनुसार  आरोपितहरुले फागुन २९ गते कबिलासी नगरपालिका–१० सलेमपुर स्थित चमेली माई मन्दिर नजिकै रहेको फन पार्कमा प्रमितलाई नाङ्गै बनाएर कुटपित गरेका  थिए। पीडितले आरोपितहरु विरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय सलार्हिमा उजुरी दिएका थिए । कुटपिटबाट घाइते भएका प्रमितको सर्लाही अस्पताल मलंगवामा उपचार भयो ।  उनको दाहिने हात र टाउकोमा गम्भीर चोट लागेको हुँदा थप उपचारको लागि विरगंज पठाइएको डिएसपी राईले जानकारी दिनुभयो ।

सर्लाही जिल्ला अदालतबाट फागुन २९ गतेदेखि लागु हुनेगरि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको र सो घटनामा संलग्न अन्य आरोपितहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

बुधन साह

अन्य

भिडियो