INSEC Online

📅 २०८३ जेष्ठ २१

जनप्रतिनिधिमाथि कुटपिट आरोपित गिरफ्तार

गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई फागुन २४ गते कुटपिट गरेको आरोपमा प्रहरीले

गौरादह नगरपालिका–५ राजपति चोक चप्रामारीका ३४ वर्षीय भिष्म सिटौलालाई ०८२ फागुन २४ गते गिरफ्तार गरेको छ ।

चुनावमा भएको हारजितको विषयमा घरमै आएर आरोपितले हातपात गरेको मेयर सुवेदीको आरोप छ ।

मेयरलाई घरमै गएर हातपात गरेको विषयमा खबर आएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरी चौकी, महारानीझोडाका असइ चन्द्रबहादुर कार्कीले बताउनु भयो ।

आरोपितलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, दमकमा राखिएको छ ।

नरेश खाती

अन्य

भिडियो