INSEC Online

📅 २०८३ जेष्ठ २१

रास्वपाका गाउँपालिका सभापतिमाथि कुटपिट

धनौजी गाउँपालिका–३ का राष्ट्रिय स्वतन्त्र पार्टी धनौजी गाउँपालिकाका सभापति ४५ वर्षीय शम्भु शाहमाथि फागुन ११ गते बिहान घर नजिकैको सेलुनबाट दारी काटेर निस्किने क्रममा सोही ठाउँका ३५ वर्षीय तनवीर साफी, २५ वर्षीय सरिफ साफी र ३० वर्षीय फिरोज साफीले कुटपिट गरेको आरोप लगाउनु भयो ।

कुटपिटबाट घाइते भएका शाहको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको छ।

घटनाबारे धनौजी प्रहरी चौकीका असई शिवसिंह राजपुतले आरोपितहरूलाई चौकीमा बोलाएर घटनाबारे बुझिएको बताए। उनका अनुसार प्रारम्भिक रूपमा पुरानो पैसा लेनदेनको विषयलाई लिएर सामान्य भनाभन मात्र भएको देखिएको जानकारी दिए।

सन्तोष कुमार यादव

अन्य

भिडियो