INSEC Online

📅 २०८३ जेष्ठ २१

नेकपाका कार्यकर्ताहरुद्वारा एमाले कार्यकर्तामाथि कुटपिट

चौरजहारी नगरपालिका– ६ का नेकपा एमाले वडा कमिटी संयोजक तथा चुनाव प्रचार–प्रसार समिति उपसंयोजक २१ वर्षीय महेश बुढाथोकीलाई ०८२ माघ २६ गते आफु विरुद्ध गतिविधी गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु सोही नगरपालिका–७ का २७ वर्षीय समीर केसी र वडा नम्बर– ६ का ३८ वर्षीय मानबहादुर बिक (प्रकाश) ले कुटपिट गरी घाइते बनाएको नेकपा एमाले जिल्ला कार्यालय सचिव गंगाराम रोकायाले बताउनु भयो ।

घाइतेको माघ २६ गते नै चौरजहारी अस्पतालमा प्राथमिक उपचार गरी सोही दिन थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक झपेन्द्र परियारले बताउनु भयो ।

उहाँका अनुसार प्रहरीमा लिखित उजुरी नआए पनि घटनाको अनुसुन्धान भइरहेको छ ।  कुटपिटबाट पीडितको दाँया आँखा र टाउकोमा चोट लागेको छ । मानव अधिकारको न्युनत्तम मुल्य र मान्यताहरुको खिल्ली उडाउदै गरिएका गैर राजनीतिक क्रियाकलापमा संलग्न दोषीलाई तत्काल गिरफ्तार गरी  कडाभन्दा कडा कारबाही गर्न स्थानिय प्रशासनसँथग माग गर्दै नेकपा एमाले रुकुम पश्चिमले प्रेस विज्ञप्ती जारी गरेको छ ।

जीवन खड्का

अन्य

भिडियो