INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँपालिका उपाध्यक्षद्वारा कर्मचारीलाई कुटपिट

जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बिरेन्द्र बहादुर शाहीले ०८२ पुस १७ गते गाउँपालिकाका कार्यालय सहयोगी लालबहादुर शाहीलाई कार्यालयमै कुटपिट गरेका छन् ।

मदिरा सेवन गरेर कार्यकक्षमै उपाध्यक्ष शाहीले कुटपिट र गालीगलौज गरेको भन्दै पीडितले पुस १७ गते प्रहरी चौकी जुनिचाँदेमा उजुरी दिएका छन् । काम गरिरहेको समयमा मदिरा सेवन गरी कार्यालय प्रवेश गरेका उपाध्यक्षले गालीगलौज गरी हातपात गरेपछि प्रहरी चौकीमा उजुरी दिएको पीडितले बताउनु भयो । पीडितका अनुसार केही महिनादेखि उपाध्यक्ष शाहीले धम्की दिँदै आएका थिए । उपाध्यक्ष शाहीले आफूबाट गल्ती भएको स्वीकार गर्दै मेलमिलाप गरेको बताउनु भयो । पीडितले भने मेलमिलाप नभएको र उपाध्यक्षले बारम्बार यस्ता क्रियाकलाप गर्दै आएकोले आफू कानुनी प्रक्रियामा अगाडी बढ्ने बताउनु भयो ।

बासुदेव शर्मा

अन्य

भिडियो